समाज


सुतेकै ठाउँमा लाठीले हानेर आमाको हत्या

सुतेकै ठाउँमा लाठीले हानेर आमाको हत्या

नेपालखबर
साउन २३, २०८० मंगलबार ९:५४, सल्यान

सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन्। 

शारदा नगरपालिका-१३ घर भएका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको मंगलबार बिहान हत्या गरेका हुन्।

हत्यामा संलग्न नवीनलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ।

उज्यालो नहुँदै आमाबुबा सुतिरहेको कोठामा गएर उनले आमामाथि लाठी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए। 

छोराको लाठी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

आमाको हत्या गर्ने भण्डारीलाई पक्राउपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय सल्यान लगेको छ। 

हत्याको कारण खुल्न नसकेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए। ‘हामी घटनाको थप अनुसन्धान गर्दैछौँ,’ श्रेष्ठले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .