समाज


पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना, १२ जना घाइते

पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना, १२ जना घाइते

नेपालखबर
साउन २३, २०८० मंगलबार २१:३७, काठमाडौँ

पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ। दुर्घटनामा चालकसहित १२ घाइते भएका छन्।

तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा तीन महिला र नौ पुरुष छन्।

छ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौं पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

उहाँका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए। 

बच्चाको अवस्था भने सामान्य रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .