नक्कली शैक्षिक प्रमाण पत्र र प्रमाण पत्रमा किर्ते गरेको आरोपमा थप दुई डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी र महोत्तरीका डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो।
रञ्जित हाल कुन अस्पतालमा कार्यरत छन् भन्ने नखुलेको सीआईबीका एसपी नवराज अधिकारीले बताए।
सीआईबीले अहिले पनि नक्कली डाक्टरमाथि अप्रेसन चलाइरहेको छ। शुक्रबार यस विषयमा पत्रकार सम्मेलन नै गरेर उनीहरुलाई सार्वजनिक गर्ने सीआईबीको तयारी छ।
नेपाली कांग्रेसका सांसद समेत रहेका डा। सुनिलकुमार शर्मा पनि पक्राउ परेका छन्। उनलाई पनि नक्कली शैक्षिक प्रमाण पत्रकै आरोपमा पक्राउ गरेको हो।
288
Shares
प्रतिक्रिया