सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ।
अविरल वर्षापछि शुक्रबार आएको बाढीले बिद्यालयको भवन बगाएको हो।
शुक्रबार बिहानैबाट खोलामा पानीको बहाव बढेसँगै केही भाग बगाउन थालेको थियो।
जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइएको थियो।
दिनभरि मेलम्चीले सो क्षेत्र कटान गरेको थियो। उक्त विद्यालयको भवन साँझ बगेको स्थानीयले जानकारी गराएका छन्।
यो स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित मानिन्छ।
111
Shares
प्रतिक्रिया