समाज


कर्तव्य ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका कैदी कारागारबाट फरार

कर्तव्य ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका कैदी कारागारबाट फरार

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८० आइतबार १४:१, बर्दिया

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। 

कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर एक कैदी फरार भएका प्रहरीले जनाएको छ। 

आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .