समाज


उप्रेती समाजको तीज कार्यक्रम, पशुपति शमशेरले गरे वृद्धाहरुलाई सम्मान

उप्रेती समाजको तीज कार्यक्रम, पशुपति शमशेरले गरे वृद्धाहरुलाई सम्मान

उप्रेती समाजको तीज विशेष कार्यक्रम। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २५, २०८० सोमबार १६:५३, काठमाडौँ

पहिलोपटक सार्वजनिक कार्यक्रममा पशुपति शमशेर जबराकी श्रीमती 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम भइरहेका छन्। 

गौशालास्थित अनुपम फुडल्यान्डमा उप्रेती समाज सेवा समितिले तीज कार्यक्रम आयोजान गरेको।

कार्यक्रममा देशभरबाट काठमाडौं उपत्यकामा बस्दै आएका उप्रेतीहरु भेला भएका थिए।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा राज्यलक्ष्मी राणा थिए। 

पशुपति शमशेरकी श्रीमती उषा राज्यलक्ष्मी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन्। 

उषाले तीज कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताइन्।

त्यस्तै, पशुपति शमशेरले श्रीमती उषासहित तीजमा नाच्न पाउने अवसर यसअघि नजुटेको बताए।

‘म र मेरी पत्नी भएर तपाईंहरुसँग बिताउन पाउँदा खुसी भएको छु,’ उनले भने।

अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा उपस्थितहरुसँग उषा र पशुपतिले नाचगान गरेका थिए। कार्यक्रममा उनीहरुले ७५ वर्षमाथिका वृद्धहरुलाई सम्मान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .