समाज


धरानका उपमेयर बेघाको घरमा तोडफोड

धरानका उपमेयर बेघाको घरमा तोडफोड

नेपालखबर
भदौ २६, २०८० मंगलबार १९:२२, काठमाडौँ

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ।

धरान उपमहानगरपालिका- १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो। 

तोडफोडबाट झ्यालको शिशा फुटेको छ। उपप्रमुख बेघाका भाइ विष्णु लाई कुटपिट गर्न पुगेको उक्त समूहले घर तोडफोड गरेको हो।

घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन्।
 
सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ। बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन्।

धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन्। धरानका प्रमुख हर्क साम्पाङबाट नियमित सार्वजनिक भइरहेका आपत्तिजनक अभिव्यक्तिले पनि तनाव बढाएको भन्दै  उनको आलोचना हुने गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .