समाज


६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै सीआईबी

त्यसअघि लाजिम्पाटमा पत्रकार सम्मेलन
६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै सीआईबी

नेपालखबर
भदौ २७, २०८० बुधबार ९:४१, काठमाडौँ

हङकङबाट तस्करी गरी काठमाडौं ल्याइएको ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज (बुधबार) जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ। सीआईबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो। 

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार अनुसन्धान प्रतिवेदन बुझाउनुअघि लाजिम्पाटस्थित सीआईबी कार्यालयमा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी उक्त प्रकरणबारे विस्तृत जानकारी गराइनेछ। 

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म ३१ जना पक्राउ परेका छन्। तीमध्ये  ३० जना प्रहरीको नियन्त्रणमा छन् भने स्वास्थ्यका कारण एक आरोपितलाई बाहिर राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ। 

आरोपितहरूविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने तयारी सीआईबीले गरेको छ। उक्त प्रकरणमा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिकसमेत छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत जोडिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .