समाज


संविधान दिवसका अवसरमा पदक नबाँड्ने सरकारको निर्णय

संविधान दिवसका अवसरमा पदक नबाँड्ने सरकारको निर्णय

नेपालखबर
भदौ २९, २०८० शुक्रबार १७:२२, काठमाडौँ

सरकारले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो।

मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो।

एकजना मन्त्रीले यस पटकको संविधान दिवसका अवसरमा पदक नबाँड्ने निर्णय भएको जनाउँदै आउँदो वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए।

‘सरकारले बाँड्दै आएका पद, अलंकार र विभूषणको मान्यता भएन। खर्च मात्रै बढी भयो’, ती मन्त्रीले नेपालखबरसँग भने, ‘त्यही भएर यस वर्ष पदक नबाँड्ने निर्णय भएको छ। मन्त्रिपरिषद् पदकबारे उचित मापदण्ड तय गर्न समिति पनि बनाउने निर्णय गरेको छ।’

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए। राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो।

सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक कृयाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .