समाज


वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन–पूर्वअर्थमन्त्री पौडेल

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन–पूर्वअर्थमन्त्री पौडेल

नेपालखबर
असोज ९, २०८० मंगलबार १९:६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने दाबी गरे। 

‘कोभिड लगायतका समस्या नहुँदा पनि अर्थतन्त्रमा कसरी समस्या आयो। बैंकमा तरलता छ। विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको छ। भनेर नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन,’ उनले भने, ‘उत्पादन छैन। आयात छैन। निर्यात, माग, सप्लाई र रोजगारी पनि छैन। अफ्ठ्यारो अवस्थामा अर्थतन्त्र लयमा थियो र अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ। समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन।’

देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम अहिलेसम्म गर्न नसकेको उनको भनाइ छ।

पूर्वअर्थमन्त्री पौडेलले निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरू तयार हुनुपर्ने बताए। 

प्रधानमन्त्री र अर्थमन्त्रीबाट व्यवसायीका समस्या समाधान हुने आशा नरहेको पनि उनले बताए।

‘वर्तमान सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन। सरकारले जतिसुकै कुरा र प्रयास गरेपनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न सक्दैन। देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्न सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र दिएर व्यवसायीका समस्या समाधान हुने आशा नगर्दा हुन्छ। ध्यानाकर्षणको फेज पूरा भइसक्यो। सशत्त दबाब सडक, सदनबाट निर्णायक दबाब नदिई वर्तमान सरकारले समस्या समाधान थाहा पाउँदैन। समाधानको लागि कुनै निर्णय गर्दैन।’

उनले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .