समाज


इन्द्रजात्रा हेर्न आएका युवकको हत्या आरोपी ललितपुरबाट पक्राउ

इन्द्रजात्रा हेर्न आएका युवकको हत्या आरोपी ललितपुरबाट पक्राउ

नेपालखबर
असोज १६, २०८० मंगलबार १३:२५, काठमाडौँ

सोमबार राति इन्द्रजात्रा हेर्न आएका युवकको हत्याका मुख्य आरोपीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। गोदाबारी नगरपालिका ५ ललितपुरका अरविन ठकुरलाई पाटन क्याम्पस नजिकैबाट प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो।

ओखलढुंगाको लिखु गाउँपालिका ४ घर भई हाल क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको सोमबार राति हत्या भएको थियो।

सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि एक महिला र एक पुरुषलाई पक्राउ गरेको भएपनि उनीहरुको संलग्नता पुष्टि भइनसकेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। परिसर स्रोतका अनुसार ठकुरीले भने चक्कू प्रहार गरेका थिए।

भैरवको पसलमा रक्सी खाने विषयमा उनीहरुबीच झगडा भएको र पछि सोही विषयलाई लिएर कार्कीमाथि धारिलो हतियार प्रहार भएको अभियुक्तले प्रहरी समक्ष बताएका छन्।  

राति साढे ११ बजे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो। ट्रमासेन्टरबाट त्रिवि शिक्षण अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .