समाज


सामाजिक सञ्जाललाई निषेध गर्ने अधिकार जिल्ला प्रशासनलाई दिनु पर्छ : धवल समशेर जबरा

दुरुपयोग गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्ने माग
सामाजिक सञ्जाललाई निषेध गर्ने अधिकार जिल्ला प्रशासनलाई दिनु पर्छ : धवल समशेर जबरा

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८० आइतबार १५:१२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद जबराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले उक्त व्यवस्था केही दिनका लागि मात्रै हुने स्पष्ट पनि पारे। जबराले सामाजिक सञ्जाललाई नियमन गरेर ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

‘इजरायलमा हुने संकटले नेपालमा पनि संकट ल्याउन सक्ने सम्भावना देखा परिरहेको छ। दुई समुदायबीच भनाभन र इजरायलको कुरालाई लिएर नेपालका दुई धार्मिक समुदायबीच टिका, टिप्पणी भइसकेको छ’, उनले भने, ‘यसकारण हामीले संवेदनशील जिल्लाहरुमा टिकटक, रिल लगायत अरु माध्यमलाई जिल्ला प्रशासनले केही दिनका लागि निषेधको व्यवस्थासहितको अधिकार मिलाउँदा राम्रो होला।’

उनले यसो हुन नसकेमा नेपालमा समस्या आउन सक्ने सम्भावनाहरु देखा परिरहेको बताए। सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नु आवश्यक रहेको उनले बताए। ‘अब ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्‍यो’, उनले भने। 

राष्ट्रपतिले कैद माफी दिएर कानूनी राज्यको धज्जी उडाएको उनले बताए। जबराले राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णय र मन्त्रिपरिषद्ले पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको भन्दै मुलुकमा सबैको साझा राजा चाहिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .