ad ad

समाज


नेपालगन्जमा आगलागी हुँदा सात पसल जले

नेपालगन्जमा आगलागी हुँदा सात पसल जले

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८० शुक्रबार ९:२०, बाँके

बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित बीपी चोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ। 

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खबाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

‘सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ,’

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगलागी नियन्त्रणमा लिन दुई घण्टा लागेको बताए। आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .