ad ad

समाज


थप उपचारका लागि भारत लगियो मनाङ हेलिकप्टरका पाइलट सेढाईंलाई

थप उपचारका लागि भारत लगियो मनाङ हेलिकप्टरका पाइलट सेढाईंलाई

नेपालखबर
असोज २८, २०८० आइतबार ८:४८, काठमाडौँ

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

शनिबारदेखि काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगिएको हो। 

अस्पतालका अनुसार श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत सेढाईंलाई भारतस्थित नेसनल बर्न सेन्टर पुर्‍याइएको हो। 

शनिबार बिहान लुक्लाबाट उडेको मनाङ एयरको ९एन–एएनजे हेलिकप्टर लोबुचेमा अतवरण गर्ने क्रममा पल्टिएको थियो।

दुर्घटनाका बेला हेलिकप्टरमा पाइलट प्रकाश सेढाईं मात्र थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको थियो। 

ह्याम्स अस्पतालमा उपचार पूरा हुन नसकेपछि थप उपचारका लागि उनलाई भारत लगिएको हो। 

ह्याम्स अस्पतालका अनुसार मुख, हातखुट्टासहित पाइलट सेढाईंको ४५ देखि ५० प्रतिशत शरीर जलेको छ।

फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या देखिएको अस्पतालका डा. सबिन कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .