ad ad

समाज


न्यायाधीश समाजमा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल, महासचिवमा कुँवर

न्यायाधीश समाजमा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल, महासचिवमा कुँवर

नेपालखबर
असोज ३०, २०८० मंगलबार २०:५६, काठमाडौँ

देशभरका न्यायाधीशहरूको संस्था न्यायाधीश समाज, नेपालले नयाँ नेतृत्व चयन गरेको छ।

आज काठमाडौँमा आयोजित भेलाले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

यस्तै उपाध्यक्षमा सर्वोच्चकै न्यायाधीश तिलप्रसाद श्रेष्ठ चयन भएका छन् भने महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर आएका छन्।

सचिवमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकाल र कोषाध्यक्षमा उच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीश बालेन्द्र रुपाखेती छानिएका छन्।

सदस्यहरुमा राजेश्वर तिवारी (उच्च), तेजनारायणसिंह राई (उच्च), दुर्गा खड्का (जिल्ला) र शेखर पौडेल (पूर्वन्यायाधीश) निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष मल्लले बढीमा आउँदो वर्षको असोज २० सम्म कार्यभार सम्हाल्नेछिन्। त्यसपछि उनी न्यायपरिषद सदस्य हुने भएकाले स्वतः अध्यक्ष पदबाट अलग हुनुपर्नेछ।

यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले पनि न्यायपरिषदको सदस्यका रुपमा जिम्मेवारी सम्हालेपछि गत साउन २१ बाट अध्यक्ष पद त्यागेका थिए।

न्यायपरिषद सदस्य हुने न्यायाधीश समाजको अध्यक्ष बन्न नसक्ने विधानको व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .