ad ad

समाज


काभ्रेमा रोकेर राखेको बोलेरो गाडीमा स्कुटर ठोक्किँदा एक किशोरको मृत्यु, अर्का घाइते

काभ्रेमा रोकेर राखेको बोलेरो गाडीमा स्कुटर ठोक्किँदा एक किशोरको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक १, २०८० बुधबार ६:१७, काभ्रे

काभ्रेको पनौतिमा रोकिराखेको बोलेरो गाडीमा स्कुटर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा अर्का किशोर घाइते भएका छन्।

मंगलबार राति पनौती नगरपालिका(१० दाहालटारस्थित सडकमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किँदा सोही ठाउँमा १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्कुटरको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका किशोरको धुलिखेल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .