संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पोखराको फेवातालमा नौका विहार गरेका छन्।
नेपाली सेनाको विशेष विमानबाट पोखरा आएका उनले साँझ फेवातालको सयर गरेका हुन्।
यसअघि उनी पोखरा २२ मा पुम्दीभुम्दीमा रहेको शिवजी मन्दिर पुगेका थिए।
यसपछि फिस्टेल लजमा उनले रात्रिभोज लिने कार्यक्रम छ।
प्रतिक्रिया