ad ad

समाज


दुर्गा प्रसाईंको समर्थनमा मुखमा टेप लगाएर प्रदर्शन (तस्बिरहरू)

दुर्गा प्रसाईंको समर्थनमा मुखमा टेप लगाएर प्रदर्शन (तस्बिरहरू)

सरोज बैजु
असोज ८, २०८१ मंगलबार १४:४४, काठमाडौँ

विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्। 

माइतीघर मण्डलमा उपस्थित प्रसाईंका समर्थकले मुखमा कालो टेप बाँधेर प्रदर्शन गरेका हुन्। उनीहरूले प्रसाईंको समर्थनमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। 

प्रसाईंलाई गत आइतबार प्रहरीले उनकै निवासबाट नियन्त्रणमा लिएको थियो। 

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो। 

जिल्ला अदालत काठमाडौँले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

साइबर ब्युरोले सोमबार उनलाई वीर अस्पतालबाट लगेर बयान लिएको थियो। प्रसाईं आफू अस्वस्थ रहेको भन्दै वीर अस्पतालमा बसिरहेका छन्।

उनको पक्राउविरुद्ध छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पनि दर्ता गरेका छन्। उक्त रिट निवेदनमाथि मंगलबार नै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .