ad ad

समाज


हमासको आक्रमणमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान

हमासको आक्रमणमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८० सोमबार २१:२८, काठमाडौँ

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ। 

सोमबार साँझ तेल अबिबस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै थप दुई नेपालीको शव पहिचान भएको जानकारी गराएको छ। 

७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

तीमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान भएको दूतावासले जनाएको छ। 

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .