समाज


जहाँ आज वर्षा-हिमपातको सम्भावना छ

जहाँ आज वर्षा-हिमपातको सम्भावना छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ८:२५, काठमाडौँ

हाल देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा दिउँसो देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस क्रममा राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहानी बुलेटिनमा उल्लेख गरेको छ। 

यसैबीच आज काठमाडौँ उपत्यकामा भने मौसम बदलीको सम्भावना भए पनि वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिए।

अहिले बिहान ८:४५ बजे भने देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .