समाज


सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १२:४८, सर्लाही

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका छन्।

गोडैता नगरपालिका-८ सिसौटियामा गएराति ना ५ त ६१६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बाँस बोकेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको सर्लाहीका डीएसपी दीपेन्द्र पण्जियारले जानकारी दिए।

दुर्घटनामा ट्याक्टर चालक गोडैता नगरपालिका - ७ का ४० वर्षीय अखिलेश्वर पटेल र गोडैता-८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका पटेलद्वयलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

दुर्घटनामा गोडैता-८ कै २० वर्षीय  रुपेश महतो र रौतहटको परोहा नगरपालिका -८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते भएका छन्। 

रुपेशको सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पताल मलंगवा र जयप्रकाशसको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .