समाज


डेढ लाख घुस लिएको आरोपमा मालपोतका नासुमाथि मुद्दा दायर

डेढ लाख घुस लिएको आरोपमा मालपोतका नासुमाथि मुद्दा दायर

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १८:३४, काठमाडौँ

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी उपर घुस÷रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटुवाल र अधिकारीउपर विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो।

आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा असोज १२ गते नियन्त्रणमा लिएको थियो।
 

अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग घुस रकम लिएको पाइएको अख्तियारको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .