समाज


उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
मंसिर ९, २०८० शनिबार १८:५३, काठमाडौँ

उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो।

दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ। साथै, ७ वर्षे सन्ध्या चौधरी र  ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ। 

घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए।

गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .