समाज


ललितपुरमा बोलेरोको ठक्करबाट दुई जनाको मृत्यु

ललितपुरमा बोलेरोको ठक्करबाट दुई जनाको मृत्यु

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १४:५६, काठमाडौँ

ललितपुरमा बोलेरो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बा २९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका ८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .