समाज


अवैध सुनसहित न्युरोडबाट एकजना पक्राउ

अवैध सुनसहित न्युरोडबाट एकजना पक्राउ

नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:३, काठमाडौँ

अवैध सुनसहित प्रहरीले काठमाडौँको न्युरोडबाट एक जनालाई पक्राउ गरेको छ। 

सुराकीको आधारमा पुगेको प्रहरीले बुधबार बिहान न्युरोडको एक पसलबाट  कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको हो। 

विशेष सुराकीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डेलाई न्युरोडको ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

पाण्डेबाट बरामद भएको सुनको परिणाम भने प्रहरी सार्वजनिक गरेको छैन।

बरामद सुन केही बिस्कुट र केही गहना आकारमा रहेका प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .