अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बस्नेतले भारतबाट जारी भएको मावि तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको उजुरीको आधरमा अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
‘बस्नेतले भारतीय नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको हुँदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले उनलाई ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका सहायक प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
Shares
प्रतिक्रिया