समाज


उदयपुरको गाईघाट बजारमा आगलागी

उदयपुरको गाईघाट बजारमा आगलागी

नेपालखबर
मंसिर २४, २०८० आइतबार २२:०, काठमाडौँ

उदयपुरको गाईघाट बजारमा आगलागी भएको छ।

आइतबार साँझ आगलागी हुँदा गाईघाट बजारका ९ वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिए। 

उनका अनुसार, ९ मध्ये ४ वटा घरहरू पूर्णरूपमा नष्ट भएका छन्।

राज अटो पार्टस् पसल, इजिकुल इन्जिनियरिङ सेन्टर, राम उद्गार सहनी माछा पसल र पान पसलमा पूर्ण क्षति भएको उनले बताए। 

त्यस्तै, कोसेली घर, शाही होटल, किरण होटल, नरसिंह अटो सेन्टर, चाँदनी साइकल पसलमा आंशिक क्षति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .