समाज


हिटर बालेर झ्यालढोका थुनी सुतेका पतिको मृत्यु, पत्नीको अवस्था गम्भीर

हिटर बालेर झ्यालढोका थुनी सुतेका पतिको मृत्यु, पत्नीको अवस्था गम्भीर

नेपालखबर
पुस ११, २०८० बुधबार १२:३६, काठमाडौँ

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१ मा हिटर बालेर सुतेका दम्पतीमध्ये पतिको ज्यान गएको छ।

८२ वर्षीय कर्मा ग्याल्बो लामा र उनकी श्रीमती ८१ वर्षीया असनी लामाको हिटर बालेर झ्यालढोका थुनी सुतेका थिए। 

उनीहरू मंगलबार राति आफ्नै घरको कोठामा हिटर बालेर सुतेका थिए। जसमध्ये कर्माको मृत्यु भएको हो। 

बिहान अबेरसम्म नउठेपछि छोरा-बुहारीले ढोका खोलेर हेर्दा दुवैजना बेहोस अवस्थामा भेटेपछि उपचारर्थ धुलिखेल अस्पताल लगिएको थियो।

हिटर बालेर झ्यालढोका थुनी सुत्दा अक्सिजन अभावमा बेहोस भएका उनीहरूलाई धुलिखेल अस्पतालमा लगिएको थियो। जहाँ कर्मालाई चिकित्सकले मृत घोषित गरे। 

श्रीमतीको अवस्था मध्यम रहेकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .