समाज


मन्त्रिपरिषद् बैठक : तीन निकायमा नियुक्ति, एउटा अध्यादेश सिफारिस

मन्त्रिपरिषद् बैठक : तीन निकायमा नियुक्ति, एउटा अध्यादेश सिफारिस

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८० बुधबार १७:१, काठमाडौँ

मन्त्रिपरिषद्को बैठकले विभिन्न तीनवटा सरकारी निकायमा नियुक्ति गर्ने निर्णय गरेको छ। 

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न तीन निकायमा नेतृत्व नियुक्तिको निर्णय लिएको हो। 

मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

उता सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा रुकुमको सानी किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय शर्माले बताइन्। 

त्यसैगरी गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा डा. रवि मल्ललाई नियुक्त भएका छन्। यसअघि गत पुस ११ गते उनी निमित्त कार्यकारी निर्देशक बनेका थिए। 

सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको शर्माले बताइन्। 

बुधबारकै क्याबिनेटले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शर्माले बताइन्। 

उता राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा‍ पेश गर्न स्वीकृत दिने निर्णय पनि गरिएको शर्माले जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .