समाज


काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना, २ को मृत्यु, २ जना घाइते

काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना, २ को मृत्यु, २ जना घाइते

नेपालखबर
माघ ८, २०८० सोमबार ८:२२, काठमाडौँ

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए। 

बसमा ४७ जना सवार रहेकोमा दुई जना घाइते भएका छन्। अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ।

मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु भएको प्रहरीको भनाई छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .