सशस्त्र प्रहरीले मंगलबार २३ औँ वार्षिकोत्सव मनाइरहेको छ।
तत्कालीन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामना गर्न गठन गरिएको सशस्त्र प्रहरी २३ वर्षमा प्रवेश गरेको हो।
सशस्त्र प्रहरीले आफ्नो वार्षिकोत्वसका अवसरमा मंगलबार हलचोकमा विशेष कार्यक्रम गरिरहेको छ।
उक्त वार्षिकोत्सव कार्यक्रमका क्रममा सशस्त्रले 'एपीएफ लाइफटाइम अचिभमेन्ट अवार्ड' पूर्व नायव महानिरीक्षक दिलिपकुमार श्रेष्ठलाई प्रदान गरेको छ।
यो वार्षिकोत्सवका अवसरमा सशस्त्रले नं. २ छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट घोषित गर्दै पुरस्कार दिएको छ।
एपिएफ डे का रुपमा मनाइने यो अवसरमा लाइफाटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट बाहिनी पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन्।
36
Shares
प्रतिक्रिया