समाज


क्रिप्टोमार्फत अनलाइन गेम खेलाउने ७ जना काठमाडौंबाट पक्राउ

क्रिप्टोमार्फत अनलाइन गेम खेलाउने ७ जना काठमाडौंबाट पक्राउ

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ १६, २०८० मंगलबार १५:२९, काठमाडौँ

अवैध क्रिप्टो मार्फत विभिन्न अनलाइन गेम खेलाउने सिराहाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन्।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरु खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए।

उनका अनुसार यसरी कतिको कारोबार गरे भन्ने अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .