समाज


जिल्ला र उच्च अदालतका १२ न्यायाधीशहरूको काज र सरुवा सिफारिस

जिल्ला र उच्च अदालतका १२ न्यायाधीशहरूको काज र सरुवा सिफारिस

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १४:६, काठमाडौँ

न्यायपरिषद्ले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ न्यायाधीशहरूको काज र सरुवा सिफारिस गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बिहान बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा सिफारिस गरेको हो। 

न्यायपरिषद्ले उच्च अदालत सुर्खेतका रामेश्वर रेग्मीलाई उच्च अदालत पाटनमा काज सरुवा सिफारिस गरेको छ।

त्यसैगरी उच्च अदालत सुर्खेतका काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सरुवा गरिएको छ। 

उता उच्च अदालत तुलसीपुर बुटवल इजालसका विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज सिफारिस गरिएको छ। 

न्यायपरिषद्ले जिल्ला अदालतका ६ जना न्यायाधीशको पनि सरुवा सिफारिस गरेको छ। 

जसअनुसार जिल्ला अदालत कास्कीका ऋषिराम आचार्यको जिल्ला अदालत ललितपुरमा सरुवा सिफारिस भएको छ।

त्यस्तै जिल्ला अदालत सुनसरीका हरिप्रसाद कोइरालाको जिल्ला अदालत कास्कीमा सरुवा सिफारिस गरिएको छ। 

उता जिल्ला अदालत कास्कीबाट अवनी मैनाली भट्टराईको जिल्ला अदालत मकवानपुरमा सरुवा सिफारिस भएको छ।

तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलको जिल्ला अदालत पर्सामा सरुवा सिफारिस गरिएको छ। 

रौतहट जिल्ला अदालतका तेजबहादुर खड्काको झापा जिल्ला अदालतमा सरुवा सिफारिस भएको छ।

झापा जिल्ला अदालतका भीमबहादुर निरौलाको सरुवा तेह्रथुम जिल्ला अदालतमा सिफारिस भएको छ।

काज
जिल्ला न्यायाधीशहरूतर्फ नै केहीको काज सरुवा सिफारिस पनि भएको छ। न्यायपरिषद्ले डडेल्धुरा जिल्ला अदालतका जयराम ढकालको जिल्ला अदालत चितवनमा काज सिफारिस गरेको छ।

जिल्ला अदालत नवलपुरका न्यायाधीश बाबुराम सुवेदीको जिल्ला अदालत मोरङमा काज सिफारिस भएको छ।

त्यसैगरि दाङ जिल्ला अदालतका कुलप्रसाद पाण्डे पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सिफारिस भएको छ। 

उता बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुराको जिल्ला न्यायाधीशको हैसियतलेसमेत कामकाज गर्ने गरी तोक्न सिफारिस न्यायपरिषद्ले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .