समाज


गौशालाको होटलमा महिलाको हत्यापछि कोठामा चाबी लगाएर भागेका व्यक्ति पक्राउ

गौशालाको होटलमा महिलाको हत्यापछि कोठामा चाबी लगाएर भागेका व्यक्ति पक्राउ

नेपालखबर
माघ २८, २०८० आइतबार २१:३४, काठमाडौँ

काठमाडौंको गौशालास्थित एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले सँगै बसेका पुरुषलाई पक्राउ गरेको छ। रामेछापकी प्रमिला दमाईको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

शुक्रबार बेलुका ५ बजेतिर उनीहरु उक्त होटलमा बसेका थिए। तर भोलिपल्ट दिउँसो होटलका कर्मचारीले हेर्दा ढाकामा चाबी लगाइरहेको देखेपछि चाबी फुटाएका थिए।

होटलको पैसा नतिरी उनीहरू हिँडेको आशंकामा होटल सञ्चालकले ढोका फोडेर हेरेको प्रहरीलाई बताएका छन्। तर कोठाभित्र महिला मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

महिला मृत भेटिएको कोठामा सँगै बसेका पुरुष भने फरार थिए। उनी अर्कै नाममा होटल बुक गरेर बसेको पाइएको छ। शनिबारदेखि नै फरार भएका ती पुरुषलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो।

उनलाई आइतबार साँझ गौशाला बृत्तमा बुझाएको छ। अब मुद्दा सोही बृत्तबाट चल्ने छ। प्रहरीका अनुसार कुमारले आफूले महिलाको हत्या गरेको स्वीकार गरेका छन्।

कुमार र हत्या भएकी महिला दुवै विवाहित हुन्। उनीहरु केही समयदेखि विवाहइत्तर सम्बन्धमा रहेको खुलेको छ। मृतक महिला सिनामंगलमा डेरा गरी बस्थिन्। उनका श्रीमान सिलाइ कटाइको काम गर्छन्। उनका ५ वर्षका छोरा छन्।

प्रमिलासँग उनका श्रीमानको दोस्रो विवाह हो। यसअघि चार पाँच महिना पहिले पनि उनी श्रीमानलाई जानकारी नदिई एक महिना बढी घर छाडेर हिँडेकी थिइन्। पछि फर्किएपछि पनि बेला बेला घर छाडेर हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कुमार पनि विवाहित हुन्। उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने गौशाला बृत्तको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .