समाज


आज सिंह राशिको भाग्याङ्क सबैभन्दा बढी, व्यापारमा वृश्चिक अगाडि : हेर्नुस् फागुन ६ को राशिफल

आज सिंह राशिको भाग्याङ्क सबैभन्दा बढी, व्यापारमा वृश्चिक अगाडि : हेर्नुस् फागुन ६ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ६, २०८० आइतबार ५:६, काठमाडौँ

आज आइतबार, ६ फागुन २०८०। अंग्रेजी पात्रोअनुसार १८ फेब्रुअरी २०२४। राशिअनुसार फल कस्तो रहला त, हर्नुहोस् आजको राशिफल-

मेष : साथीभाइसँग रमाइला पल व्यतीत हुनेछन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। वैदेशिक लगानी र सेयर बजारमा लाभ मिल्नेछ।

आजको भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ३ रहेको छ।

प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ।  भरिसक्के लामो यात्रा नगर्नु होला।

वृष : कामबाट फुर्सद मिल्नेछ। नयाँ कामको योजना बन्नेछ। पारिवारिक जमघटमा मन रमाइनेछ। ऋण गरेरै भए पनि सामान खरिद गरिनेछ। शत्रु, खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ।

यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ३५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। 

त्यस्तै, स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो बोलेमा अप्ठेरोमा पर्न सक्नु हुनेछ। त्यसैले झुट नबोल्नु होला।

मिथुन : दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। गर्न खोजेको कार्यमा बाधा आउन सक्छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। साँझमा भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुमधुर मिलन हुन सक्छ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५१, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ।

विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगरेकै बेस।

कर्कट : साथीभाइसँग समय बित्नेछ। शुभ कार्यको चर्चा र नयाँ कार्यको योजना बन्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। जोस, जाँगर र उमंग बढ्ला।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशातर्फको यात्रा त्यति उत्तम देखिँदैन।

सिंह : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभ कार्यमा सरिक भइनेछ। रमणीय र सुखद भेटको योग छ। दाम्पत्य जीवन सुखी तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ रहेको छ।

प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५७, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
त्यस्तै, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ८७ प्रतिशत रहेको छ।

दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग नगर्नु होला।

कन्या : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ। प्रेमी वा मित्रबाट सहयोग मिल्नेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन्।

भाग्यशाली रङ्ग गुलाबी वा निलो र भाग्यशाली अङ्क ९ हो।

प्रेम र सम्बन्धमा ३७, व्यापारमा ७२, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ८१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजनतिर नलाग्नु होला।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। यात्रामा बिघ्नबाधा आउन सक्छ तर निराश र हताश नहुनुहोला। व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा गुलाबी रङ्गको प्रयोग आजलाई उपयुक्त छैन।

वृश्चिक : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढी सफलता मिल्नेछ। कामविशेषले टाढिएका परिवारका सदस्यसँग भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग नगरेकै बेस।

धनु : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेममा मधुरता छाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६७, सेयर बजारमा पनि ६७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अवस्था ७१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशाको यात्रा त्यति राम्रो छैन।

मकर : धार्मिक कार्य तथा समाजसेवामा मन लाग्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। वैदेशिक, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्रेममा समीपता बढेर जानेछ।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो रहेको छ भने भाग्यशाली अङ्क ७ हो।

प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, सेयर बजारमा ७०,  वैदेशिक कार्यमा ७५ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य सबलता ६६, यात्राको सम्भावना ८० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग नगर्दा नै बेस।

कुम्भ : गरेका काममा ढिलासुस्ती हुनेछ। लगनशीलता पूर्वक गरिएको कामबाट लाभ हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। पुँजी बजारमा लगानी नगर्दा नै बेस होला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। 

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ।

प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, आज स्वास्थ्य अनुकूलता ५६ प्रतिशतसम्म मात्र रहनेछ भने यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

मीन : पुरानो समस्या सुल्झाउन सकिनेछ। व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ हुने देखिन्छ। आँटेको र ताकेको कार्य पूरा होला। महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क ६ रहेको छ।

प्रेम र सम्बन्धमा ५१, व्यापारमा पनि ५१, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ।

अग्रज व्यक्तिसँग सुझाव लिएर कामको थालनी गर्दा सफल हुने सम्भावना बढी छ। छलकपटतिर चाहिँ नलाग्नु होला। छलकपट गरेमा बन्न लागेको काम पनि बिग्रनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .