समाज


शेखर कोइरालाको प्रश्न : कांग्रेस सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो?

शेखर कोइरालाको प्रश्न : कांग्रेस सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो?

नेपालखबर
फागुन ६, २०८० आइतबार १७:५७, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेताहरुलाई आग्रह गरे। कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट शुरु हुने महासमिति बैठकमा गम्भिर रुपमा छलफल हुनपर्ने नेता कोइरालाको भनाई थियो।

पार्टी महासमिति बैठकको अघिल्लो दिन आइतवार (आज) काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर कांग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहोर्याए।

उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए। विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न कांग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोइरालाको प्रस्ताव छ।

उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि कांग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .