ad ad

समाज


आज पनि मकरकै भाग्याङ्क उच्च, व्यापारमा वृश्चिकलाई बढी लाभ : फागुन ११ को राशिफल

आज पनि मकरकै भाग्याङ्क उच्च, व्यापारमा वृश्चिकलाई बढी लाभ : फागुन ११ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ११, २०८० शुक्रबार ५:४, काठमाडौँ

आज शुक्रबार, ११ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २३ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नियमित खर्चसमेत बढ्ने योग छ। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्न सक्छन्।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ७१/७१ तथा सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाएमा कार्य सम्पादनमा निखारता आउनेछ। खैरो रङ्गको प्रयोग चाहिँ नगर्नु होला, त्यति उपयुक्त छैन।

वृष : सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा मिल्नुका साथै पारिवारिक भेटघाटमा रमाइन्छ। लाभदायक यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। तर, आहारविहारमा भने ख्याल गर्नुहोला।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५८, वैदेशिक कार्यमा ८९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्दैबित्तिकै पितृ देवताको आशीर्वाद लिँदा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

आजको भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा पनि ६१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले चिताएको पुग्ला। निलो रङ्गको भने प्रयोग नगरेकै बेस।

कर्कट : अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा दिल प्रसन्न होला। ईर्ष्या गर्नेहरू वरिपरि रहने हुँदा सजिलै अरूको विश्वास नगरेको राम्रो।

सिंह : अविश्वासको वातावरण सिर्जना हुन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाव मानेर कार्य गर्दा सफलता हात पर्न सक्नेछ। छलकपट चाहिँ नगर्नु होला, यसले फाइदा भन्दा बढी बेफाइदा गर्नेछ।

कन्या : अधुरा र रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि पनि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ४१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ७१/७१ तथा सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

तुला : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्दा फलप्राप्ति होला। उत्तर दिशातर्फको यात्राले भने राम्रो फल दिँदैन।

वृश्चिक : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ८०, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु शुभ हुनेछ। पूर्व दिशातर्फको यात्रा भने खासै फलिफाप छैन।

धनु : स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवादमा परिनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद आउला। कतै जाने योजना बन्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७०, वैदेशिक कार्यमा ४० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरेर दिनको सुरुआत गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्नु होला, त्यति उपयुक्त छैन।

मकर : आफन्तको सहयोगले काम अगाडि बढ्नेछन्। जोस-जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ। दूरदराजमा बसोबास गर्ने व्यक्तिसँग सम्बन्ध सुमधुर रहनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने तर सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। राजनीतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ।

भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ९ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६७, वैदेशिक कार्यमा ४० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पितृ खुसी हुनेछन्। यात्राले राम्रोभन्दा नराम्रो फल बढी दिने सम्भावना भएको हुँदा भरिसक्के लामो यात्रा नगर्ने।

मीन : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। रमाइलो यात्राको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। मधुर मिलन हुनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ४ रहेको छ भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरेमा सरस्वती प्रसन्न हुनेछिन्। तर, झुट चाहिँ नबोल्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .