समाज


मिथुन र कर्कटलाई धनार्जन तथा ‍वृश्चिक, कुम्भ र मीनलाई रमणीय यात्राको योग : हेर्नुस् फागुन १२ को राशिफल

मिथुन र कर्कटलाई धनार्जन तथा ‍वृश्चिक, कुम्भ र मीनलाई रमणीय यात्राको योग : हेर्नुस् फागुन १२ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १२, २०८० शनिबार ५:१३, काठमाडौँ

आज शनिबार, १२ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २४ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। चङ्ख्याइँले सङ्कल्पसिद्ध हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गरेमा भविष्यका लागि गरिने लगानी सही ठाउँमा पर्ला। खरानी रङ्गको प्रयोग त्यति उपयुक्त छैन।

वृष : लाभ-हानि, सुख-दुःख मध्यम नै रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ भने व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ। ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क २ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५२, वैदेशिक कार्यमा ८१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। यात्राको योगमा अंक उच्च रहे पनि त्यति फलदायी छैन, त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

मिथुन : परिश्रम गर्दा बढी धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता पनि ७२ प्रतिशत नै रहेको छ।

त्यस्तै, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग नगर्नु होला।

कर्कट : नसोचेको ठाउँबाट धनागम हुनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ तर स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा खासै फलदायी देखिँदैन, सकेसम्म नगरेकै बेस।

सिंह : ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजन पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७७, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता पनि ७५ प्रतिशत नै रहनेछ।

त्यस्तै, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

कन्या : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। चोटपटकको भय छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला। बोलेमा विनागल्ती फस्नु हुनेछ।

तुला : शुभ समाचार सुन्न पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमीको सल्लाह मानेर कार्य गर्दा सफलता मिल्नेछ। हरियो रङ्गको प्रयोग त्यति फाप्ने देखिँदैन।

वृश्चिक : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट होला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ्ग पर्पल हो भने भाग्यशाली अङ्क ९ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ३७, व्यापारमा ७३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

धनु : कुनै कुराले मनमा शान्ति छाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। स्वादिष्ट भोजन पाइनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग छ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

मकर : घरपरिवारमा झै(झमेलाको अवस्था आउला। सरकारी निकायको भय रहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साँझपख सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन्।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगरेकै बेस।

कुम्भ : समग्रमा सकारात्मक दिन रहेको छ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ।

भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क २ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ४२, व्यापारमा ४३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा सफल भइनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला, भलो गर्दैन।

मीन : रमाइलो यात्राको योग रहेको छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५७, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। के नगर्ने रु नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आवेगमा भने लगानी नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .