ad ad

समाज


मिथुनको ८८ प्रतिशत भाग्याङ्क, प्रेममा वृश्चिकलाई उच्च सफलता : फागुन १४ को राशिफल

मिथुनको ८८ प्रतिशत भाग्याङ्क, प्रेममा वृश्चिकलाई उच्च सफलता : फागुन १४ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १४, २०८० सोमबार ५:२, काठमाडौँ

आज सोमबार, १४ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २६ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : मान प्रतिष्ठामा वृद्धि होला। आँटेको र ताकेको कार्य पूरा होला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन-सुखमा रमाउने समय छ। सेयर बजारबाट पनि फाइदा हुनेछ।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो र भाग्यशाली अङ्क ८ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ६०, व्यापारमा ८१, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन, सकेसम्म नगरेकै राम्रो।

वृष : लाभ-हानि, आय-व्यय, बराबरी खालको दिन छ। गरेको काममा ढिलासुस्ती हुन सक्छ। व्यर्थको यात्रामा जान बाध्य भइएला। अनावश्यक र फजुलमा खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि बाधा आउला।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३५, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला, यसले लाभभन्दा बढी हानि गर्नेछ।

मिथुन : धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ।

भाग्यशाली रङ्ग हरियो  हो भने भाग्यशाली अङ्क ६ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ८८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमीको सल्लाह मानेर कार्य गर्दा सफल भइनेछ। तामसिक भोजन नगर्नु होला।

कर्कट : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ३८, व्यापारमा ८०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८२ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ९०, यात्राको योग ८८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्ग खासै फाप्ने देखिँदैन त्यसैले प्रयोग नगरेकै बेस।

सिंह : धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुटनीतिक नियोगको सहयोग मिल्ला। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ८५ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्नु होला।

कन्या : चुनौती सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सहकर्मीबाट विरोध आउला। चोटपटकको भय छ, सचेत रहनुहोला।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ६७, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्नु राम्रो हुनेछ। छलकपट गर्न खोजेमा उल्टो फसिनेछ।

तुला : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ६०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ८१ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८३, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु उपयुक्त छ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

वृश्चिक : लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क ३ रहेको छ भने प्रेम र सम्बन्धमा ८६, व्यापारमा ७७, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। यात्राको योग उच्च रहे पनि फलदायी हुने देखिँदैन त्यसैले भरिसक्के लामो यात्रा नगर्ने।

धनु : आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ। पुनर्मिलनको योग रहेको छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा सफल भइनेछ। खरानी रङ्ग फाप्ने देखिँदैन त्यसैले प्रयोग नगरेकै राम्रो।

मकर : मन खिन्न हुने स्थिति आउनेछ। वैचारिक मनमुटाव बढ्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ, अतः सजग रहनु होला। मन्दिरको दर्शन भने अवश्य हुनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको योग छ तर आवेगमा लगानी नगर्नु होला।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ८८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन अतस् भरसक नगरेकै बेस।

मीन : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मन परेको खानेकुराका परिकार खान पाइनेछ। समाजिक कार्यमा मन जाला। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ८५ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तर, उत्तर दिशाको यात्रा भने भरसक नगर्नु होला, फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .