ad ad

समाज


सिंहलाई जग्गामा लाभ, शिक्षामा कर्कट अगाडि, भाग्याङ्क मीनको उच्च : फागुन १५ को राशिफल

सिंहलाई जग्गामा लाभ, शिक्षामा कर्कट अगाडि, भाग्याङ्क मीनको उच्च : फागुन १५ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १५, २०८० मंगलबार ५:९, काठमाडौँ

आज मंगलबार, १५ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २७ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ काम सुरु गर्ने समय छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७८, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

वृष : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाव मानेर कार्य गर्दा सफलता मिल्नेछ। यद्यपि, खुट्टा तान्नेहरू सक्रिय रहने हुँदा सोचविचार गरेर मात्र अरूको विश्वास नगर्नु होला।

मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५२, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्नु राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा भने त्यति उपयुक्त छैन, सकभर नगरेकै राम्रो।

कर्कट : नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। सेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन। समयको सही सदुपयोग हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६६, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला, यसले हानि मात्र गर्नेछ।

सिंह : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। रोकिएको कामको गाँठो फुक्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

भाग्यशाली रङ्ग खैरो हो भने भाग्यशाली अङ्क १ रहेको छ। यस्तै, प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। ईर्ष्या गर्नेहरू वरिपरि नै रहने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

कन्या : आजको दिन कर्म प्रधान रहेको छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विशिष्ट व्यक्तिको भेटघाट र नयाँ अवसर आउनाले मन प्रसन्न हुनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग फलदायी छैन, नगर्दा राम्रो।

तुला : स्मरण शक्ति कमी भएको आभास हुनेछ। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। कडा परिश्रम व्यर्थै खेर जान सक्छ। वैदेशिक कार्यमा अवरोध हुनेछ। काममा ढिलासुस्ती हुनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै पितृ देवताको आशीर्वाद लिएमा दिनभरिको कार्यसम्पादन सन्तोषजनक हुनेछ। तर, छलकपट चाहिँ नगर्नु होला।

वृश्चिक : स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। रोकिएका अधुरा कार्यको पुनस् थालनी हुनेछ। प्यारा साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। अचल सम्पत्ति हात पर्ने योग छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५५, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्दा राम्रो हुनेछ। यात्रा भने त्यति फलदायी छैन भरिसक्के लामो यात्रा नगर्नु होला।

धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले अप्ठेरो ठानिएको कार्य सजिलै सम्पादन हुनेछ। निलो रङ्ग फलदायी छैन, प्रयोग नगरेकै बेस।

मकर : चिताएको कामले तीव्रता लिनेछ। रमणीय र सुखद यात्राको योग छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा दिन शान्त र सन्तुष्टिमा बित्नेछ। झुटचाहिँ नबोल्नु होला, झुट बोल्दा मिलेको आत्मसन्तुष्टि पनि गुम्न गई ग्लानिमा रुमलिनु पर्ला।

कुम्भ : शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। मनमा दुबिधा उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। आहार-बिहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन, भरसक नगर्नु होला।

मीन : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। काममा अपेक्षाकृत सफलता हात पर्नेछ। तर्क र विवादमा राम्रो  सफलता मिल्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। जटिल ठानिएको काम सम्पादन होला।

भाग्यशाली रङ्ग रातो हो भने भाग्यशाली अङ्क ६ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७४, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ३३ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यापनमा प्रगति हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .