ad ad

समाज


प्रेममा वृश्चिक र व्यापारमा मिथुनलाई उच्च अङ्क, वृष र कर्कटको भाग्याङ्क धेरै : फागुन १९ को राशिफल

प्रेममा वृश्चिक र व्यापारमा मिथुनलाई उच्च अङ्क, वृष र कर्कटको भाग्याङ्क धेरै : फागुन १९ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १९, २०८० शनिबार ५:२६, काठमाडौँ

आज शनिबार, १९ फागुन २०८०। तदनुसार २ मार्च २०२४। हेर्नुस् आजको राशिफल-

मेष : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। टाउको एवं आँखा दुख्ने समस्या होला कूटनीतिक नियोगको सहयोग मिल्ला। मन खिन्न हुने स्थिति आउनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला, यसले हानि मात्र गर्नेछ।

वृष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सहयोगी हात अघि बढ्नेछन्। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। रमाइलो यात्राको योग रहेको छ। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरेर कार्य प्रारम्भ गर्दा बढी फलदायी हुनेछ। अरूलाई दुस्ख दिने काम चाहिँ नगर्नु होला।

मिथुन : मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। रमाइलो यात्राको योग रहेको छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली अङ्क २ हो भने प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७२, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता २४, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ देवता खुसी हुनेछन्। यात्रा खासै फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

कर्कट : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम जीवनमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ४७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिनु हितकर छ। छलकपट चाहिँ नगर्नु होला।

सिंह : आहारविहारमा सावधानी अपनाउनु पर्नेछ। फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ।

भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क १ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ७२, व्यापारमा ५२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

कन्या : रोकिएका काम पुनः सुरु हुन सक्छन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। धार्मिक कृत्यमा सहभागिताको अवसर मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुट नबोल्नु होला, यसले आफैँलाई हानि गर्नेछ।

तुला : पारिवारिक सुख एवं सहयोग मिल्नेछ। सामाजिक उपकारको काममा सहभागी भइएला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७०, वैदेशिक कार्यमा ४४ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिनाले सन्तुष्टि प्राप्त होला। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : बन्दव्यापार र पेसा-व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि पनि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाब मानेर अघि बढ्दा बढी सफलता मिल्नेछ। तर, खुट्टा तान्नेहरू सक्रिय रहने हुँदा सजिलै अरूको विश्वास भने नगर्नु होला।

धनु : बेला-बेलामा मनमा चिन्ता, दुबिधा, अशान्ति तथा चञ्चलता आउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। साँझमा भने राम्रो समाचार सुन्नमा पाइनेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५५, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै पितृ देवताको आशीर्वाद लिनु राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा फलदायी छैन।

मकर : अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्दा सफलता मिल्नेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन।

कुम्भ : दैनिक कार्यमा प्रगति हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क २ हो भने प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्नु राम्रो हुनेछ। यद्यपि, सजिलै अरूको विश्वास भने नगर्नु होला।

मीन : शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यापार-व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। प्रेम जीवन सबल र सफल रहनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा पुण्य मिल्ला। तामसिक भोजन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .