ad ad

समाज


मिथुनलाई जग्गाबाट लाभ र कर्कट परीक्षामा पास, मेषलाई बढुवाको योग : फागुन २२ को राशिफल

मिथुनलाई जग्गाबाट लाभ र कर्कट परीक्षामा पास, मेषलाई बढुवाको योग : फागुन २२ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २२, २०८० मंगलबार ४:४८, काठमाडौँ

आज मंगलबार, २२ फागुन २०८० (५ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कृषि कार्यमा सफलता मिल्नेछ। प्रणय सम्बन्ध प्रगाढ  हुने समय छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। खैरो रङ्गको प्रयोग फलदायी छैन, भरसक नगर्नु होला।

वृष : भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ४ रहेको छ भने प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५१, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६० र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग उपयुक्त छैन।

मिथुन : पुनर्मिलनको योग रहेको छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ।

भाग्यशाली रङ्ग आकाशे हो भने भाग्यशाली अङ्क ८ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५३, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको फाप्ने देखिँदैन, नगरेकै राम्रो।

कर्कट : नयाँ कार्यको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ७७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

सिंह : दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी वस्तु प्रयोग गर्न पाउने योग छ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६८, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा फलदायी हुनेछ। उत्तर दिशातर्फको यात्रा शुभ छैन।

कन्या : गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला। अरूले गरे-भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। आफन्तको साथ र सहयोग भने पाइनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मातापिताको आशीर्वाद लिएर अघि बढ्नु राम्रो हुनेछ भने छलकपटतिर नलाग्नु होला।

तुला : पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ।

घिउ रङ्ग भाग्यशाली रङ्ग हो भने ७ भाग्यशाली अङ्क रहेको छ। प्रेम र सम्बन्धमा ८४, व्यापारमा ५०, सेयर बजारमा ८२, वैदेशिक कार्यमा ८३ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ८९ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। झुट चाहिँ नबोल्नु होला। झुटो बोलेमा घेराबन्दीमा पर्न सकिनेछ।

वृश्चिक : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ८०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ८० र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ८४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग हितकर छैन।

धनु : आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८५, व्यापारमा ६७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ८० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दुस्ख दिने काम नगर्ने।

मकर : समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। तर, साँझमा भने प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ४८, व्यापार र सेयर बजारमा ४१/४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। कालो रङ्गको प्रयोग हितकर छैन।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। मायाप्रेममा समीपता बढेर जानेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वाणीमा कुशलता आउने दिन परेको छ। वैदेशिक काममा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ्ग पहेँलो हो भने भाग्यशाली अङ्क ५ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ८५ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८९, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा अधिक फाइदा मिल्नेछ। हरियो रङ्गको प्रयोग नगर्नु होला।

मीन : मङ्गल कार्यको योजना बन्ने योग छ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क २ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। आवेगमा लगानी नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .