समाज


सातदोबाटोमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

सातदोबाटोमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
फागुन २५, २०८० शुक्रबार १७:३८, काठमाडौँ

ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा शुक्रबार गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बाग्मती प्रदेश ०१–०२९ प ९०४६ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .