ad ad

समाज


तुलाको प्रेम सम्बन्ध मजबुत, तपाईंको कस्तो छ? हेर्नुस् फागुन २८ को राशिफल

तुलाको प्रेम सम्बन्ध मजबुत, तपाईंको कस्तो  छ? हेर्नुस् फागुन २८ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २८, २०८० सोमबार ४:५७, काठमाडौँ

आज सोमबार, २८ फागुन २०८० (११ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नियमित खर्च बढ्ने योग छ। गर्न खोजेका काममा बिघ्नबाधा देखा पर्नेछन्। परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ। सहकर्मीबाट विरोध आउला।

भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक फल मिल्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

वृष : आस्था, विश्वास, धर्म र पराक्रममा वृद्धि हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेमीप्रेमिकासँग मधुर मिलनको योग छ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५७, वैदेशिक कार्यमा ६० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग फलदायी छैन।

मिथुन : लामो समयदेखिका बाधा स्वतस् फुकुवा हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र योजना बन्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ६ रहेको छ भने प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझावले काम गर्दा ज्यादा लाभ मिल्नेछ। खरानी रङ्गको प्रयोग उपयुक्त छैन।

कर्कट : छोटो दूरीको लाभदायक यात्रा हुनेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विभिन्न अवसर जुट्नेछ। चिताएको कामले तीव्रता लिनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ८ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग फाप्दैन।

सिंह : व्यर्थको यात्रामा जान बाध्य भइएला। मनमा निराशा र शरीरमा आलस्य आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला, तर आफन्तसँग भेटघाट भने हुनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला।

कन्या : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ५१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु उपयुक्त हुन्छ। यात्रा खासै फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

तुला : नयाँ सवारी साधन प्राप्तिको योग छ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा नगर्नु होला।

वृश्चिक : शुभकार्यको चर्चा चल्ने र योजना बन्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुन सक्छ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ८५ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा फलदायी हुनेछ। छलकपट चाहिँ नगर्नु होला।

धनु : गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। स्वास्थ्य र सुन्दरतामा धन खर्च हुनेछ। चुनौती समेत सामना गर्नुपर्ने हुन सक्छ। मनमा खुलदुली, चिन्ता र चञ्चलता बढ्नेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ५५, वैदेशिक कार्यमा ७९ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग नगर्नु होला।

मकर : धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ५८, वैदेशिक कार्यमा ६० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

कुम्भ : आफन्तको सहयोगले काम अगाडि बढ्नेछन्। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। पुँजी बजारले साथ दिनेछ।

भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा काम आइपर्ने बाधा अड्चन समाधान हुनेछन्। उत्तर दिशाको यात्रा भने फाप्ने देखिँदैन भरसक नजानु होला।

मीन : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवनमा खुसियाली छाउनेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु उपयुक्त हुनेछ। हरियो रङ्गको प्रयोग फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .