समाज


नेपाली सनम डोका शेर्पा ओबामा फाउन्डेसनको ‘विश्वका ५ उदाहरणीय महिला’को सूचीमा

नेपाली सनम डोका शेर्पा ओबामा फाउन्डेसनको ‘विश्वका ५ उदाहरणीय महिला’को सूचीमा

नेपालखबर
फागुन २७, २०८० आइतबार २१:६, काठमाडौँ

अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपाली सनम डोका शेर्पालाई विश्वभरका पाँच उदाहरणीय महिलाको सूचीमा राखेको छ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय काम गरेबापत शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको हो। 

सोनम डोका शेर्पा नेपालमा ‘द स्मल वर्ल्ड’ की संस्थापक हुन्। उनी १० वर्षदेखि सोलुखुम्बुका दुर्गम गाउँहरूमा बालिका शिक्षा र महिला सशक्तीकरण कार्यक्रममा सक्रिय छिन्।   

ओबामा फाउन्डेसनले विश्वका उदाहरणीय पाँच महिलाको सूचीमा राखेपछि शेर्पालाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .