समाज


सुर्खेतमा घाँटी रेटिएको अवस्थामा बाराका युवकको शव भेटियो

सुर्खेतमा घाँटी रेटिएको अवस्थामा बाराका युवकको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १९:४७, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एकजना युवकको शव भेटिएको छ।

मंगलबार दिउँसो बारा घर भई वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने करिब ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलबाट रगत लागेको चुलेसीसमेत बरामद भएको  छ।

प्रहरी स्राेतका अनुसार मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको हो।

यस्तै, अहिले उक्त शवलाई सुरक्षित राखिएकाे र  परिवार आएपछि हामी थप प्रक्रिया अगाडि बढ्ने प्रहरीले उल्लेख गरेको छ।

घटनाबारे थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार ती युवक चार वर्षदेखि सुर्खेतमा टायल तथा मार्बल फिटिङको काम गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .