समाज


सर्वोच्च अदालत शुक्रबार पनि साँझ ५ बजेसम्म खुला

सर्वोच्च अदालत शुक्रबार पनि साँझ ५ बजेसम्म खुला

नेपालखबर
चैत २, २०८० शुक्रबार १६:३१, काठमाडौँ

सर्वोच्च अदालतले शुक्रबार पनि अन्य दिन सरह अदालत सञ्चालन भइरहेको स्पष्ट पारेको छ।

शुक्रबार (चैत २ गते) एक सूचना जारी गर्दै सर्वोच्चले अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरू अन्य कार्यदिनसरह शुक्रबार पनि ५ बजेसम्म अनिवार्य उपस्थिति रही कार्यसम्पादन गर्न निर्देशन दिएको छ।

‘सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना २०७९ को बुँदा नं ४.२ मा योजना कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने रणनीति अन्तर्गत इजलासको तहमा अवलम्बन गर्नुपर्ने रणनीतिहरू मध्ये बुँदा नं. ६ म शुक्रबार पनि अरू बारसरह पुरा समय अदालत संचालन गर्ने भन्ने विषय समावेश भएको र वर्तमान समयमा मुद्दाको कार्यबोझ बढ्दै गएको अवस्थामा शुक्रबारको दिनसमेत अरू बारसरह पूरा समय अदालत सञ्चालन भइरहेको बेहोरा सबै कर्मचारीहरुलाई अवगत नै छ’ सूचनामा उल्लेख छ।

सर्वोच्च प्रशासनले अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरु अन्य कार्यदिनसरह शुक्रबार पनि ५ बजेसम्म अनिवार्य उपस्थिति रही कार्यसम्पादन गर्नसमेत भनेको छ।

साथै, सो अदालतबाट सञ्चालित सबै बसहरू अरू बारसरह नै ५ः१५ बजे छुट्ने बेहोरा समेत जानकारी गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .