ad ad

समाज


भाग्यमा विश्वास छ? छ भने हेर्नुस् चैत ३ को राशिफलमा आफ्नो भाग्याङ्क

भाग्यमा विश्वास छ? छ भने हेर्नुस् चैत ३ को राशिफलमा आफ्नो भाग्याङ्क

पण्डित नारायणप्रसाद दुलाल
चैत ३, २०८० शनिबार ५:४, काठमाडौँ

आज शनिबार, ३ चैत २०८० (१६ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमणीय र सुखद यात्राको योग छ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६७, वैदेशिक कार्यमा ८० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्नु राम्रो हुनेछ। अरूलाई दु:ख दिने काम चाहिँ नगर्नु होला।

वृष : ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, वैदेशिक कार्यमा ८१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भविष्यलक्षित कार्य गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन, भरसक नजानु होला।

मिथुन : झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। आर्थिक नोक्सानी होला। अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ हरियो रहेको छ भने भाग्यशाली अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मठ-मन्दिरको दर्शन गर्नु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

कर्कट : शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा पुण्य प्राप्ति होला। कालो रङ्गको प्रयोग उचित छैन।

सिंह : जोस, जाँगर र उमङ्ग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। पुँजी बजारमा लगानीको अवसर छ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिँदा पितृ खुसी हुनेछन्। खैरो रङ्गको प्रयोग नगर्नु होला।

कन्या : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग देखिन्छन्।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७०, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

तुला : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। यात्रामा मालसामान हराउन सक्छ। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा भने मधुरता छाउनेछ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा मनमा शान्ति मिल्ला। यात्रा खासै फलदायी देखिँदैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

वृश्चिक : प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ। सुखद यात्राका अवसर प्राप्त हुनेछन्। रोकिएका काम पूरा हुन सक्छन्। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा फलदायी छैन।

धनु : कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।

भाग्यशाली रङ खरानी र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६२, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्नु राम्रो हुनेछ। खुट्टा तान्नेहरू वरिपरि नै रहने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

मकर : प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अध्ययन-अध्यापनमा सफलता मिल्नेछ। प्रेमीको साथ मिल्नेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी सफलता मिल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला, यसले हानि मात्र गर्नेछ।

कुम्भ : मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। पढाइ-लेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ६०, वैदेशिक कार्य तथा शिक्षा दुवैमा ५५/५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनको पीडा हल्का हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

मीन : भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ काम वा रोजगारीको प्रस्ताव आउनेछ। सरकारी जागिरेलाई बढुवा तथा पुरस्कार पाउने वातावरण बन्ला। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ७०, व्यापारमा ८०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुट नबोल्नु होला, यदि बोलेमा शंकाको तारो आफैँतिर फर्कनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .