ad ad

समाज


राशिफल ४ चैत : यस्तो रङको कपडाले ल्याउनेछ तपाईँको व्यक्तित्वमा निखार

राशिफल ४ चैत : यस्तो रङको कपडाले ल्याउनेछ तपाईँको व्यक्तित्वमा निखार

पण्डित नारायणप्रसाद दुलाल
चैत ४, २०८० आइतबार ४:५४, काठमाडौँ

आज आइतबार, ४ चैत २०८० (१७ मार्च २०२४)। सधैँजसो आज पनि विभिन्न शीर्षकका भाग्याङ्क सहितको राशिफल पस्केका छौँ। त्यसैगरी सदाझैँ भाग्यशाली अङ्क र रङ पनि प्रस्तुत छ। आज कुन रङको कपडाले तपाईँको व्यक्तित्वमा निखारता ल्याउला त? हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सुरु गरेका काम सम्पन्न हुनेछन् तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ८० र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन कामको सुरुआत गर्दा वृक्षारोपण गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।

वृष : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ८०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग उपयुक्त छैन।

मिथुन : स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः  सचेत रहनु होला। नजिकका व्यक्तिबाट काममा बाधा आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ तर साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ हरियो हो भने भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३३, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला। 

कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। सेयर बजारले राम्रै साथ दिन सक्छ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ६५, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

सिंह : शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटेको र ताकेको कार्य पूरा होला। नसोचेको ठाउँबाट धनागम हुनेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गरेर नवीन कार्य प्रारम्भ गर्दा अधिक फाइदा मिल्नेछ। यात्राको योग धेरै नै भए पनि खासै फलदायी देखिँदैन तसर्थ भरिसक्के लामो यात्रा नगर्नु होला।

कन्या : स्वास्थ्यमा सुधार आउनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशातर्फको यात्रा फलदायी देखिँदैन।

तुला : किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आँटेको काममा ढिलासुस्ती हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : सोचेको र आँटेको काममा फाइदा मिल्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल हो भने भाग्यशाली अङ्क ६ रहेको छ। त्यसैगरी, प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङको प्रयोग उपयुक्त छैन। 

धनु : समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क २ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ८२ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

मकर : कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५९, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपट चाहिँ नगर्नु होला।

कुम्भ : दिन माध्यम खालको रहनेछ। काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मीन : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ निलो रहेको छ भने भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८३, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .