ad ad

समाज


मकरलाई धनलाभ, कन्याको स्वास्थ्य सबैभन्दा मजबुत : चैत ६ को राशिफल

मकरलाई धनलाभ, कन्याको स्वास्थ्य सबैभन्दा मजबुत : चैत ६ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
चैत ६, २०८० मंगलबार ४:५८, काठमाडौँ

आज मंगलबार, ६ चैत २०८० (१८ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : दिन मध्यम खालको छ। धार्मिक, सांस्कृतिक तथा रीतिरिवाजमा सहभागिता हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग फलदायी छैन।

वृष : दैनिक कार्यमा सफलता पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आहार विहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा नगर्दा उचित हुन्छ।

मिथुन : चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको कार्य गर्नु पहिले वृक्षारोपण गरेर सुरु गर्दा अधिक सफलता मिल्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कर्कट : घर व्यवहारको समस्याले सताउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। प्रेमीप्रेमिकाबीच असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ आकाशे र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

सिंह : कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५८, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग फलदायी छैन।

कन्या : भक्ति र सेवा भाव बढेर जानेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

तुला : नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। शुभ कार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङको प्रयोग उपयुक्त छैन।

वृश्चिक : शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। विद्यार्थीको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४२, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग नगर्नु होला।

धनु : भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। अधुरो कार्य सम्पादनमा सहजता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा फलदायी छैन, त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

मकर : रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। धार्मिक यात्राको योग र योजना बन्नेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

कुम्भ : सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मीन : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। योजना गोप्य राखेर अघि बढ्नुहोला। सानातिना समस्यामा अल्झिनु पर्नेछ। लगानी र बजारले पनि साथ नदेला तर आफन्तबाट भने साथ र हौसला मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .